दफा १९१
कुटपिट गर्न नहुने

(१) कसैले कसैलाई कुटपिट गर्न हुँदैन ।
(२) कसैले कसैलाई देहायको कुनै कार्य गरेमा निजले कुटपिट गरेको मानिनेछः–
(क) कुनै किसिमको शारीरिक पीडा पुर्याएमा,
(ख) कुनै काम गरी दफा १०४ र १०५ मा उल्लिखित रोग बाहेकको अन्य कुनै रोग सारेमा,
(ग) अन्य कुनै कार्य गरी अशक्त बनाएमा।स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “अशक्त” भन्नाले शरीरको कुनैअङ्ग सामान्य रुपमा काम गर्न नसक्ने गरी अशक्त भएको अवस्था सम्झनु पर्छ र सो शब्दले मानसिकअशक्ततालाई समेत जनाउँछ ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।